२१ साउन, काठमाडौं ।
नेपालमा फेरी कोरोना संक्रमित बढ्न थालेका छन् । बितेको २४ घण्टामा ३ हजार ९ सय ३८ कोरोना संक्रमित थपिएका छन् । १८ हजार ४ सय ८ जनामा गरिएको पिसिआर तथा एन्टीजेन परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै हाल सम्म संक्रमितको संख्या ७ लाख ८ हजार ७९ पुगेको छ ।
यसै गरी २४ घण्टामा संक्रमणका कारण देशैभर गरी ३७ जनाको मृत्यु भएको छ । अहिले सम्म ९ हजार ९९४ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।
यसै गरी आज २ हजार १२ जनाले कोरोना जीतेर डिस्चार्ज भएका छन् । हाल सम्म कोरोनामुक्त हुनेको संख्या ६ लाख ६३ हजार ६ सय ६३ छ ।






