नेपालमा २४ घण्टामा ४०१७ कोरोना सङक्रमित थपिए

२० साउन, काठमाडौं ।
नेपालमा कोरोना संक्रमण निरन्तर बृद्धि हुन थालेको छ । आज एकै दिन ४ हजार १०७ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । १६२९८ जनामा गरिएको पिसिआर तथा एन्टीजेन परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै हाल सम्म संक्रमित हुनेको संख्या ७ लाख ५ हजार ७२ पुगेको छ ।आज १५३५ जना संक्रमित डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या ६ लाख ६१ हजार ६५१ पुगेको छ । यसै गरी २४ घण्टामा ३५ जना संक्रमितको ज्यान गएको छ । हाल सम्म ज्यान गुमाउनेको संख्या ९ हजार ९५७ पुगेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।