कुलमानलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न प्रधानमन्त्रीको निर्देशन

१९ साउन, काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न निर्देशन गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भूसाललाई मंगलबार बालुवाटारमा बोलाएर प्रधानमन्त्री देउवाले घिसिङलाई नियुक्त गर्न निर्देशन दिएका हुन् ।घिसिङको अघिल्लो कार्यकालमा नेपालमा लोडसेडिङ हटेको थियो । घिसिङको कार्यकाल सकिएपछि अघिल्लो सरकारले प्राधिकरणमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो । तर,शाक्यले आफुलाई यसअघिको सरकारले ४ बर्षका लागि नियुक्त गरेकाले आफुले राजिनामा नदिने बताएका छन् । यस्तै केपी ओलीले देबी ज्ञवालीलाई आयोग प्रमुख बनाएका भुमि सुधार सम्बन्धीको आयोगको समेत खारेज गर्न मन्त्रीपरिषद्ले निर्णय गरेको छ । File Photo

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।