नेपालमा २५६८ कोरोना संक्रमित थपिए, १८ जनाको मृत्यु

१७ साउन, काठमाडौं ।
नेपालमा पछिल्लो २४ घण्टामा २५ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ४०२ पीसीआर परीक्षण गर्दा १ हजार ९८१ जना र ४ हजार २३४ एन्टिजेन परीक्षण गर्दा ५८७ जनामा संक्रमण पुष्टि भएको हो ।यस्तै, पछिल्लो २४ घण्टामा १८ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८७५ पुगेको छ । गत २४ घण्टामा २ हजार २० जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ८५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।जसमध्य काठमाडौँमा ५९४, ललितपुरमा १६६ र भक्तपुरमा जनामा संक्रमण पुष्टि भएको हो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।