नेपालमा ३३६५ कोरोना संक्रमित थपिए,१४ को मृत्यु

१४ साउन, काठमाडौं ।
नेपालमा बितेको ३३६५ जना कोरोना संक्रमित थपिएका छन् । कुल १४ हजार २ सय ४२ जनामा गरिएको पिसिआर तथा एन्टीजेन परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै कुल संक्रमित हुनेको संख्या ६ लाख ९० हजार ६ सय ४२ पुगेको छ ।यसै गरी आज १ हजार ३ सय ७३ जना कोरोनामुक्त भएका छन् । यो सँगै संक्रमणमुक्त हुनेको संख्या ६ लाख ५० हजार ४ सय ४५ पुगेको छ । २४ घण्टामा १४ जनाको संक्रमणका कारण मृत्यु भएको छ । हाल सम्म मृत्यु हुनेको संख्या ९ हजार ८ सय ७ पुगेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।