सुजिता मृत्यु प्रकरणः आफ्नै दाई संग प्रेम सम्बन्ध,दुरुत्साहन मुद्दामा दाई पक्राउ

चितवनको राप्ती नगरपालिकाको पिप्लेमा असार २० गते मृत अबस्थामा फेला परेकी सुजिता भण्डारी प्रकरणमा चितवन प्रहरी बोलेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले शुक्रबार पत्रकार सम्मेलन गर्दै एक जनालाई पक्राउ गरेको जानकारी दिएको हो । पक्राउ पर्नेमा मृतक सुजिताको ठुलबाबाको छोरा पर्ने झापा गाउँपालिका– ६ शरणमतिका २३ वर्षीय ‘सचिन’ भनिने सुकदेव भण्डारीलाई काठमाडौंबाट हिजो (बिहीबार) पक्राउ गरिएको सुजिता मृत्यु प्रकरणका अनुसन्धान अधिकृत डिसएपी इन्द्रबहादुर रानाले जानकारी दिए । सुकदेवलाइ ज्यान सम्बन्धि कसुर अन्तर्गत ५ वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने डिसएपी रानाले जानकारी दिए । सुजितालाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै आमा अम्बिका भण्डारीले ६ गते जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरेकी थिइन् ।

सुकदेव र सुजिताबीच विवाह गर्ने सम्मको तयारी भएको र असार ९ गते सुजिताले विवाह गर्न प्रस्ताव गरेपछि यी दुईबीचमा विवाद सृजना भएको अनुसन्धानबाट खुलेको डिएसपी रानाले बताए ।
असार ११ गते साथीलाई तरकारी लिन आउँदैछु भनेर मोबाइलमा म्यासेज पठाएर घरबाट निस्केकी सुजितालाइ अपरिचित व्यक्तिले घर नजिकैको सिम्सरा चोक बाट अपहरण गरेका थिए ।

अपहरण भएको १० दिन पछि असार २० गते घर नजिकैको सामुदायिक वनमा सुजिता मृत अवस्थामा भेटिएकी थिइन् । सुजिता र सचिन बिच प्रेम रहेको र सुजिताले काठमाण्डौमा सचिनलाई कोठा भाडामा खोज्न समेत लगाएको बताईएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।