५ साउन,काठमाण्डौ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुगेर भेट्नु भएको छ । देउबाले प्रचण्ड पत्नी सीताको स्वास्थ्य अबस्था समेत बुझ्नु भएको छ । प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार प्रधानमन्त्रीले पहिल्यैदेखि सीता दाहालको
स्वास्थ्य अवस्थाको बारेमा बुझ्न खोज्दै हुनुहुन्थ्यो, सोही क्रममा आज खुमलटार पुग्नुभएको हो । प्रधानमन्त्री देउवालाई सीता दाहालले समेत नमस्कार फर्काउनु भएको थियो ।







