कोरोना थप २९०५ कोरोना संक्रमित थपिए, १८ को मृत्यु

३० असार,काठमाण्डौ ।
नेपालमा बितेको २४ घण्टामा थप दुई हजार ९ सय ५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता प्रा डा समीरकुमार अधिकारीले जानकारी दिए । मङ्गलबार दुई हजार ३ सय ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि थियो । यसैगरी सोमबार दुई हजार ३ सय ७० जना र आइतबार एक हजार ८ सय ३१ मा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।आठ हजार १ सय ८ जनाको पिसीआर विधिबाट परीक्षण गर्दा दुई हजार १० जनामा सङ्क्रमण पुष्टि भएको हो । चार हजार ९ सय १६ जनामा एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ सय ९५ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट निधन हुनेको सङ्ख्या नौ हजार ४ सय ३० पुगेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।