सर्वोच्चको फैसलालाई जित-हारको रुपमा नलिन देउवाको अपील

२८ असार, काठमाडौं ।
नेपाली कांग्रेसले सर्वोच्च अदालतको फैसलालाई जित र हारको रुपमा नलिन अपिल गरेको छ ।अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई २८ घण्टा भित्र प्रधानमन्त्रीको सपथ ग्रहणका लागि परमादेश जारी गरेपछि नेपाली कांग्रेसले जित र हारका रुपमा नलिन अपिल गरेको हो ।नेपाली कांग्रेसले अदालतको निर्णयलाई लोकतन्त्र, लोकतान्त्रिक संविधान अनि समग्रमा देश र जनताको हितमा उपयोग गरेर जानुपर्नेमा जोड दिएका छन् । देश र जनतको हितमा संयम र एकतासाथ समर्पित भएर कार्य गर्न सबैलाई फैसलाले अझ जिम्मेवार बनाएको विज्ञप्तिमा उल्लेख छ । सर्वोच्चको फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्र्याकमा ल्याएको भन्दै देउवाले यसले स्वतन्त्र न्यापालिकाप्रतिको आस्था र विश्वासलाई थप अभिवृद्धि गरेको बताए ।

लोकतन्त्र र लोकतान्त्रिक संविधान रक्षाका लागि विभिन्न ढंगले आन्दोलनमा सरिक राजनैतिक दल, सबै कानून व्यवसायी, भातृ तथा शुभेच्छुक संस्था, नागरिक आन्दोलन र सजग सञ्चार माध्यम एवं स्वदेश तथा विदेशमा रहेका सबै नेपालीप्रति कांग्रेसले बधाई समेत दिएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।