माओवादी केन्द्र खारेज गर्न दिएको निवेदन निर्वाचन आयोगद्धारा खारेज

२७ असार,काठमाण्डौ ।
माओवादी छाडेर एमाले प्रवेश गरेकाहरुले माओवादी केन्द्र खारेजीका लागि दिएको निवेदन निर्वाचन आयोगले खारेज गरिदिएको छ । रामबहादुर थापा बादललगायत माओवादी केन्द्र छाडेर एमालेमा गएको समुहले केही दिन अघि आयोगमा निवेदन दिएर माओवादी केन्द्र खारेजीको माग गरेका थिए । आईतबार बसेको आयोगको बैठकले निवेदनअनुसार दाबी नपुगेको भन्दै उक्त निवेदन खारेज गरिदिएको हो । गत असार २३ गते सरोज बुढाथोकीले माओवादी केन्द्रको दल दर्ता खारेजीलगायत माग गर्दै आयोगमा निवेदन दिएका थिए । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र चारै जना आयुक्तहरूको बैठकले आज माओवादी केन्द्र खारेजीलगायतबारे परेको निवेदन खारेज गरिदिएको छ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।