२२ असार,काठमाण्डौ ।
आज थप २६ सय ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। १२ हजार ५८५ नमूना परीक्षणमा २६ सय ३४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।७ हजार ५०३ पीसीआर परीक्षणमा मंगलबार थप १ हजार ७१८ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ४८ हजार ८५ पुगेको छ ।
यस्तै एन्टिजेन विधिद्वारा गरिएको ५ हजार ८२ परीक्षणबाट ९१६ जनामा पोजिटिभ देखिएको छ ।यस्तै पछिल्लो २४ घन्टामा १५ सय ६५ जना कोरोनाबाट मुक्त भएका छन्। यो सहित कोरोनाबाट निको हुनेको संख्या ६ लाख नाघेको छ।मन्त्रालयका अनुसार कोरोनाबाट १५ जनाको मृत्यु भएको छ। यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार २६३ पुगेको छ।
हालसम्म देशभर २३ लाख ८३ हजार ५४४ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ३३० जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या २५हजार ८२८ रहेको छ ।हुन् । पछिल्लो समय युट्युबरहरुले घटनाहरुलाई अतिरन्जित पार्ने गरेको आरोप छ ।







