२२ असार,काठमाण्डौ ।
बिभिन्न घटनाहरुको भिडियो बनाएर सामाजिक संजाल युटुब बाट डलरको खेती गर्न पल्केका युटुबर भोजराज थापालाई पुर्बी चितवनका जनताले सोमबार लखेटेका छन् । पुर्बी चितवनको राप्तीनगरपालिका ३ स्थित २३ बर्षीय सुजिता भण्डारीको रहस्यमय घटनामा घटना स्थलमा पुगेका थापालाई स्थानीयहरुले घटनालाई अतिरन्जित गर्न आएको भन्दै लखेटेका हुन् ।
सुजिता असार ११ गतेदेखि हराइरहेकी थिइन् । असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी सुजिता सोही दिनदेखि वेपत्ता भएकी थिइन् ।जङ्गलमा च्याउ टिप्न गएका स्थानीयवासीहरुले आइतबार साँझ शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
वनको बीचमा एउटा झाङमा अड्किएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ । शव गलेको अवस्थामा फेला परेको छ ।शो शव र घटनाको भिडिओ बनाउन गएका युट्युवर भोजराज थापालाई भिडिओ नखिच्न र तत्काल घटनास्थल छोड्न उनलाई स्थानीयले दबाब दिएका थिए। थापाले अटेरी गरेपछि उनलाई स्थानीयहरुले लखेटेका हुन् । पछिल्लो समय युट्युबरहरुले घटनाहरुलाई अतिरन्जित पार्ने गरेको आरोप छ ।








