१६ असार,काठमाण्डौ ।
रूपा सुनारलाई थरकै कारण कोठा नदिएको आरोप लागेकी बबरमहलकी घरबेटी सरस्वती प्रधान राष्ट्रिय मानव अधिकार आयोग पुगेकी छन्। उनी सुनारको उजुरीका आधारमा ३ तीन प्रहरी हिरासतमा बसेर रिहा भएकी थिईन् । प्रधानमाथि अन्याय भएको भन्दै केहि दिन देखि काठमाण्डौमा हस्ताक्षर अभियान समेत चलाईएको थियो । सोही हस्ताक्षर सहित प्रधान बुधबार आफुमाथि
अन्याय भएको भन्दै आयोग गएको बताएकी छिन् ।उनले आफूले छुवाछुत तथा विभेदकारी व्यवहार नगरे पनि षड्यन्त्रमुलक तरिकाले फसाइएको भन्दै कारबाहीको माग गर्दै निवेदन दिएकी हुन्। प्रधानले सुनार सहित कोठा खोज्न सहयोग गर्ने सुष्मा राई र सिर्जना राईलाई पनि कारबाही गर्नुपर्ने माग गरेकी छन्।
प्रधानले निषेधाज्ञाको समयमा पिसिआर रिपोर्टबिना कोठा खोज्न हिँडेर महामारी फैलाउन खोजेको, अपराधिक कार्यका लागि कोठा खोज्न आएको तथा आफ्नो अनुमती बिना फोन रेकर्ड गरी त्यसैलाई आधार मानेर प्रहरीमा उजुरी दिएकोमा आफ्नो स्वतन्त्रता विपरीत भएकोले कारबाही गरिनु पर्ने बताएकी छन्।साथै रुपाले सञ्चारकर्मी प्रमाणपत्रको दुरूपयोगसमेत गरेको आरोप लगाएकी छन्।सार्बजनिक अडियो रेकर्डमा प्रधानले घरमा जेष्ठ सासु भएको र उहाँले नमानेकाले कोठा भाडामा दिन नस्कने बताएकी थिईन् ।







