नेपालमा थप २ हजार ४७६ जनामा कोरोना पुष्टि,२७ जनाको मृत्यु

११ असार,काठमाण्डौ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार ५८६ जनाको पीसीआर परीक्षणबाट १ हजार ७२१ र ४ हजार ७६५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७५५ जना गरी २ हजार ४७६ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।यस्तै पछिल्लो २४ घण्टामा थप २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट ५ हजार ४५५ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।