५ असार, काठमाडौं ।
सिन्धुपाल्चोकको हेलम्बुमा रहेको इलाका प्रहरी कार्यालयको भवन ढलेको छ । अविरल वर्षापछि आएको बाढीले कटान गर्दा शुक्रबार राति प्रहरीको साढे २ तले पक्की भवन ढलेको बागमती प्रदेश प्रहरी प्रमुख वसन्त लामाले जानकारी दिए ।भवनमा प्रहरी कर्मचारी नभएकाले मानवीय क्षति भने नभएको प्रहरी नायब महानिरीक्षक डीआईजी लामाले बताए । उनका अनुसार नदीले कटान गरेर
ढुंगाको जाली र भान्सा भत्काएपछि प्रहरीलाई छुट्टै स्थानमा राखिएको छ ।हेलम्बुमा प्रहरीको चौकी पाँच महीनाअघि मात्र निर्माण सकिएर उद्घाटन भएको थियो । भवन निर्माणका लागि प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ३ करोड १७ लाख ६९ हजार रुपैयाँ बजेट दिएको थियो ।






