गण्डकी प्रदेशका मुख्यमन्त्रीले विस्वासको मत लिँदै

४ असार,काठमाण्डौ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज प्रदेशसभामा विश्वासको मत लिदैछन् । आज बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले विस्वासको मत लिने प्रकृया शुरु हुनेछ । मुख्यमन्त्री भएको एक साताभित्रै पोखरेलले विश्वासको मत लिन लिन लागेका हुन् । विस्वासको मत प्राप्त गरिसकेपछि मन्त्रीहरुको कार्यविभाजन र मन्त्रीमण्डल विस्तारको तयारी मुख्यमन्त्री पोखरेलले गरेको बुझिएको छ । मुख्यमन्त्री भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका पोखरेल विपक्षी गठबन्धनको सहयोगमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनलाई मुख्यमन्त्री बनाउन कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जसपा र एक स्वतन्त्र गरी ३१ जना सांसदको सहयोग छ । गण्डकी प्रदेशसभा ६० सदस्यीय रहेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।