भारतमा कोरोनाले अहिले सम्मकै धेरै ६१३८ जनाको मृत्यु

२७ जेठ,काठमाण्डौ ।
दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा एकैदिन अहिलेसम्मकै धेरै ६ हजार १३८ संक्रमितको मृत्यु भएको छ ।दैनिक संक्रमितको संख्यामा एक लाखभन्दा कममा झरे पनि मृत्युदर भने अस्वाभाविकरूपमा बढेको हो । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ५९ हजार ६९५ पुगेको छ ।यसैबीच भारतमा आज पनि संक्रमितको संख्या एक लाखभन्दा कममा झरेको छ । दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ९३ हजार ८९६ जनामा संक्रमण भएको छ ।यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ९१ लाख ८२ हजार ७२ पुगेको छ । भारतमा ११ लाख ८३ हजार ४७५ जना संक्रिय संक्रमित छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।