२० जेठ,काठमाण्डौ ।
नेपालमा आज ६ हजार ८ सय २५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार २१ हजार ७ सय ७३ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेका हुन् । यो सँगै कुल संक्रमितको संख्या ५ लाख ७६ हजार ९ सय ३६ पुगेको छ ।यसै गरी आज ५ हजार ९ सय ४ जना डिस्चार्ज भएका छन् ।
यो सँगै डिस्चार्ज हुनेको संख्या ४ लाख ६७ हजार ४ सय ६७ जना पुगेको छ । यसै गरी आज संक्रमणका कारण ७५ जनाको मृत्यु भएको छ । नेपालमा हाल सम्म कोरोनाका कारण ७ हजार ६ सय ३० जनाको ज्यान गईसकेको छ ।






