१८ जेठ,काठमाण्डौ ।
नेपालमा आज ६ हजार ८५ जना कोरोना संक्रमित थपिएका छन् । यो हिजोको तुलनामा बढी हो । २०१६५ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै कुल संक्रमितको संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ ।यसै गरी आज ६ हजार ८९८ जना डिस्चार्ज भएका छन् ।
यो सँगै डिस्चार्ज हुनेको संख्या ४ लाख ५४ हजार ३४४ पुगेको छ ।आज तुलनात्मक रुपमा मृतकको संख्या भने कम भएको छ । आज ६८ जनाको ज्यान गएको छ । यो सँगै कुल मृतकको संख्या ७ हजार ४५४ जना पुगेको छ ।






