१८ जेठ,काठमाण्डौ ।
कोरोनाभाईरसको संक्रमणले उपचाररहत विवेकशील नेपाली दलका संस्थापक तथा विवेकशील साझाका पुर्ब संयोजक उज्वल थापाको मंगलबार अपराह्न निधन भएको छ । ४४ वर्षीय थापाको मेडिसिटी अस्पतालमा उपचारको क्रममा ४ बजेर २५ मिनेटमा निधन भएको विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले जानकारी दिए ।
केहि घण्टा पहिलेनै थापाको निधन भएको खबर समेत सार्बजनिक भएको थियो । सो खबर झुटो रहेको अस्पताल प्रशासन र थापा निकटका ब्यक्तिहरुले बताएका थिए ।






