यि वकिल जस्ले दिए प्रम ओलीलाई एक बर्ष कैदको माग सहितको रिट

१२ जेठ,काठमाण्डौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको अवहेलना गरेको भन्दै उनलाई १ बर्ष कैद र दश हजार रुपैया सजायको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । गत फागुन ११ गते सर्वोच्चले दिएको आदेश विपरीत प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटनको सिफारिस गरेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अवहेलनाको रिट निवेदन दिएका हुन् ।आफ्नो रिट निवेदन दर्ताको प्रक्रियामा रहेको र बुधबार दर्ता हुन सक्ने त्रिपाठीले जानकारी दिए । रिटमा संविधानको धारा १२८ र न्याय प्रशासन ऐनको दफा १७ (२) अनुसार प्रधानमन्त्री ओलीलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराएर अवहेलना मुद्दामा एक वर्ष कैद र १० हजारसम्म जरिबाना तिराउन माग गरिएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।