११ जेठ,काठमाण्डौ ।
उपत्यकामा निषेधाज्ञाको अवधि एक साता लम्ब्याएको छ । तीनवटै जिल्ला प्रशासन कार्यालयको आज बसेको संयुक्त बैठकले जेठ २० गते राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउँदै यो अवधिमा खाद्यान्न पसल पनि बन्द गर्ने निर्णय गरेको हो ।हरियो सागसब्जीको हकमा भने बिहान ९ बजेसम्म पसल खोल्न पाइने निर्णय भएको छ । विकास निर्माणसँग सम्बन्धित सबै सवारी साधनलाई
सञ्चालनमा पनि रोक लगाइएको छ । यसअघि जारी गरिएका सवारी पास खारेज गरिएको छ ।मृत्यु संस्कार, विवाह लगायतका सवारी साधनलाई भने तोकिएका मापदण्डभित्र रहेर अनुमति दिइने तर एउटा सवारी साधनमात्रै अनुमति दिइने र त्यसमा अधिकतम ७ जनालाई मात्र यात्रा अनुमति दिइनेछ ।निषेधाज्ञा उल्लंघन गरेको पाइए उल्लंघन गर्नेलाई कैद र जरिवानासमेत गर्ने गरी आदेश जारी गरिएको छ ।






