११ जेठ,काठमाण्डौ ।
संसद विघटनको विरुद्धमा सर्वोच्च अदालतमा दर्ता भएका ३० वटा रिटको सुनुवाईका लागि पेशी तोकिएको छ । तीमध्ये १९ वटा रिट साधारण इजलासमा र ११ वटाको संवैधाानिक इजलासमा सुनुवाइको माग राखिएको थियो ।अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ जेठ १३ गते बिहीबारका लागि तोकिएको छ भने संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ रिटको
भने जेठ १४ गते शुक्रबारका लागि तोकिएको छ । जेठ ७ मा बहु्मत सांसदको हस्ताक्षर बुझाउदा बुझाउदै पनि राष्ट्रपतिले दाबी नपुग्ने भन्दै सरकारको सिफारीसमा संसद भंग गरी निर्वाचनको घोषणा गरे पछि बिपक्षी दलका सांसदहरु, कानुन व्यवशायी लगायतकाले अलग अलग रिट दर्ता गरेका छन् । विपक्षी दलहरुका १४६ सांसदले अदालतमा शशरीर उपस्थित भएर रिट दिए पछि सर्वोच्चमाथि दबाब बढ्दै गएको छ ।






