राष्ट्रपतिद्वारा शपथ समबन्धी र कोभिड अध्यादेश जारी

६ जेठ,काठमाण्डौ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ सम्बन्धी अध्यादेश २०७८ र कोरोनाभाईरस (कोभिड –१९) सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ जारी गर्नुभएको छ । नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम मन्त्रि परिषद्को सिफारिसमा बिहिबार ती अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्ति मार्फत् जानकारी दिएका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।