नेपालमा ५.८ रेक्टरको भुकम्प !

५ जेठ,काठमाण्डौ ।
आज बिहानै नेपालमा ५।८ रेक्टरको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । लमजुङको भुलभुले केन्द्रबिन्दु रहेको भुकम्पको धक्का देशैभरी परेको छ ।
बिहान ५ बजेर ४२ मिनेटमा मापन गरिएको भुकम्पलाई पनि २०७२ सालको महाभूकम्पको पराकम्प भएको केन्द्रले जानकारी दिएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।