२८ बैशाख,काठमाण्डौ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप २२५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा २२५ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।गौतमका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित
सो संख्यामा मृतक थपिएका हुन् । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ४ हजार ८४ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१ हजार ३१६ नमुना परीक्षण गर्दा ९४८३ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ५२२५ जना संक्रमणमुक्त भएका छन् ।






