दाङमा भारतीय नम्बर प्लेटको कारमा भेटियो तीन बालकको शव

१९ वैशाख, काठमाडौं । दाङको तुलसीपुरमा भारतीय नम्बर प्लेटको गाडीमा तीनजनाको बालकको शव भेटिएको छ ।

तुलसीपुर उपमहानगरपालिका-६, स्याउली बजारमा भारतीय नम्बर प्लेट जे ०१६६०८८५ भएको कारमा शिशुको शव भेटिएको हो ।

लामो समयदेखि पार्किङमा गरि राखिएको कारमा शनिबार राति शव बरामद भएको इलाका प्रहरी कार्यालय, तुलसीपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) शिवबहादुर सिंहले बताए ।

उनका अनुसार कारबाट दुर्गन्ध आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि गएर हेर्दा शव भेटिएको हो ।

शवको सनाखत भइनसके पनि सबै १० वर्षभन्दा कम उमेरका छन् । दाङका एसपी गणेश चन्दका अनुसार घटनाबारे गम्भीरतापूर्वक अनुसन्धान सुरू भइसकेको छ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।