प्रत्यक घण्टामा कोरोनाले एक नेपालीको ज्यान लिँदै छ

बैशाख १३ काठमाण्डौं । छिमेकी भारतमा कोरोनाले भयावह रुप लिएसँगै नेपालमा पनि कोरोनाको संक्रमण र मृत्युदर उच्च हुँदै गएको छ । नेपालमा प्रत्यक घण्टा संक्रमणले एक नेपालीको ज्यान लिएको देखिएको छ ।

पछिल्लो तीन दिन अर्थात ७२ घण्टामा ७२ जनाकै मृत्यु भएको पाईएको छ । अर्कोतिर संक्रमण पनि दैनिक ३ हजार भन्दा माथि पुगेको छ ।

खास गरी भारतीय सीमामा अझै निर्वाध आवत जावत, दिल्लीसँको उडान नियमित रहेको अवस्थामा भारतबाट नेपाल भित्रिनेहरुमा कोरोना संक्रमण तीव्र देखिएको छ ।

कुम्भ मेलामा भारत पुगेर फर्किएका पूर्व राजा ज्ञानेन्द्र शाहको परिवार समेत कोरोना संक्रमित भएको छ ।

काठमाण्डौं उपत्यका बाहेक भारतीय सीमा नाका जोडिएको नेपालगञ्ज लगायतका शहरमा कोरोनाको प्रभाव उच्च देखिएको छ ।

पहिलो लहरका बेला भारतीय नाका बन्द गर्नुका साथै, उडानहरु स्थगित गरिएको थियो ।

तर अहिले उच्च बृद्धि हुँदा समेत नाका र विमानस्थल व्यवस्थापन हुन सकेको छैन ।

अहिले सक्रिय संक्रमित बढेसँगै अस्पतालहरुमा बेड तथा अक्सिजन र एम्वुलेन्सको समेत अभाव हुने देखिन थालेको छ ।
तर त्यसका लागि तयारी, व्यवस्थापन प्रभावकारी बन्न नसकेको भन्दै सरकारको आलोचना बढ्न थालेको छ ।

सरकारले शैक्षिक संस्था, अत्यावस्यक सेवा बाहेकका प्रशानिक सेवा बन्द गर्न थालेको छ । सीमित ठाँउहरुमा लकडाउन हुन थालेको छ ।

देशभर लकडाउनको हल्ला चलिरहेको छ भने सरकारले तत्कालै पूर्ण लकडाउन नहुने बताईरहेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।