दिन दिनै कोरोना संक्रमित बढ्दै , आज थपिए २३५१ संक्रमित

काठमाण्डौं बैशाख ८ । नेपालमा दिनहुँ कोरोना संक्रमित बढ्ने क्रम जारी छ । २४ घण्टामा २३५१ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम अनुसार पीसीआर विधिबाट २ हजार २२० र एन्टिजेन विधिबाट १३१ गरी जम्मा २३५१ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा १०५१ जना थपिएका छन् ।
यस्तै काठमाडौं उपत्यकामा काठमाडौंमा ७८६, भक्तपुरमा ८४ र ललितपुरमा १८१ जना थपिएका छन् ।योसँगै देशभर सक्रिय संक्रमितको संख्या १० हजार ५८२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८ हजार ८४४ परीक्षणको पीसीआर र ८०३ जनाको एन्टिजेन परीक्षण भएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।