गुल्मीमा डढेलो ले करोडौ मुल्यको क्षती

३० चैत, गुल्मी । सुख्खा मौसमा सुरुभएलगत्तै गुल्मीको सदरमुकाम तम्घास बाट पुर्व पर्ने टिमुरे डाडो वनमा वर्षेनी लाग्ने वन डढेलोबाट बन्य जन्तु तथा बनको सुन्दरता नष्ट हुने गरेको छ।केहि दिन यता लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन।

चन्द्रकोट गाउपालिका ८ मा वर्षेनी आगोलागिका कारण करोडौं मुल्यको क्षती हुने गरेको छ । सुख्खा मौसम, पानी तथा जनशक्तिको अभाव र हावाहुरी ले आगो नियन्त्रण आउन सकेको छैन् ।

आगोलागी सम्बन्धी जनचेतना अभाव र हेलचेक्रयाईँका कारण हरेक वर्ष आगलागी हुने गरेको छ । लागो लागेपछि धेरै समय नियन्त्रणमा नआउँदा कैयौँ जडीबुटी तथा बन्यजन्तुको अस्तित्व संकटमा परेको छ ।

जिल्लामा फागुन यता दुइ हजार हेक्टर भन्दा बढी क्षेत्रफलको जंगल डढेलोका कारण नष्ट भएको कार्यालयले जनाएको छ । दिनहु आगलागिका घटनाहरु बढिरहेकाले बन जंगलमा ठूलो क्षती हुदै आएको छ ।

हाल जिल्लाको टिमुरे डाडो सँगै दैनिक जसो १ दर्जन बढि सामुदायिक बनमा आगलागि हुने गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले बताए छ। सुख्खा सिजन हावाहुरी चलिरहेकाले आगो नियन्त्रणमा कठिनाही हुने गरेको छ ।

तेस्तै:गुल्मिकै तम्घास नजिकै रहेको रेसुङ्गा क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन् ।रेसुङ्गा नगरपालिकामा पर्ने रेसुङ्गा क्षेत्रमा पनि आगोलागिका कारण करोडौं मुल्यको क्षती भयको छ।

आगो निभाउन नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी, जनप्रतिनिधी र केहि स्थानीयको आगोलागी क्षेत्रमा पुग्ने गरेपनि धेरै ठाउँमा आगोलागि भइरहेकाले नियन्त्रणमा हुन सकेका छैनन् । आगोलागिबाट सयौ रोपनी क्षेत्रफल रहेको रेसुङ्गा बन क्षेत्रमा क्षती हुने गरेको छ ।

रेसुङ्गा बन क्षेत्र ऐतिहाँसिक धार्मिक क्षेत्र पनि हो । जहाँ अरवौ मुल्य बरावरको धार्मिक भौतिक संरचना रहेको छ । आगो नियन्त्रणमा ल्याउन नसकिए बन क्षेत्र नजिकका पराल्मी, वलिथुम, गौडाकोट, दुविचौर, तम्घास र अर्खले सम्मका घर वस्तीहरु जोखिममा पर्दछन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।