कैलालीमा भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान

चैत्र २४ कैलाली । कैलालीको भजनी नगरपालिका–३ मोरियाघाट स्थित मोहना नदी किनारमा नेपाल प्रहरी र भारतीय लागुऔषध तस्करबीच दोहोरो गोली हानाहान भएको छ । भिडन्तमा एक तस्कर घाईते भएको खबर छ।

प्रहरीको गोली लागेर भारतीय तस्कर लखिमपुर खिरी जिल्ला तिकुनिया ग्राम पञ्चायत रणनगरका ४० वर्षीय दिल्लु सिंह घाइते भएको बताइएको छ । प्रहरीको कारबाहीपछि घाइतेसहित चार जना तस्करै भारततिर भागेका छन् । तस्करलाई नियन्त्रणमा लिन खोज्दा उनीहरुले गोली प्रहार गरेपछि जवाफी फायर गरेको प्रहरीले जनाएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।