नेपालको पूर्वी पहाडी र तराई क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ। सोमबार राति ९ बजेर ५ मिनेटमा भारतको सिक्किम केन्द्रबिन्दु बनाएर गएको भूकम्पले पूर्वी नेपालमा भूकम्पको धक्का महसुस भएको हो।
भूकम्पको धक्का सुनसरी, मोरङ, भोजपुर, खोटाङ, संखुवासभासहितका जिल्लामा पनि महसुस भएको छ भने काठमाडौंमा पनि सामान्य महसुश भएको छ ।
पूर्वी नेपालमा पाँच मिनेटको अन्तरमा भूकम्पको झट्का महसुस भएको स्थानीयबासीले बताएका छन्। भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिक्कीमलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको मापन ५.६ रेक्टर स्केल छ।







