२३ चैत्र,काठमाण्डौ ।
नेपालमा बितेको २४ घण्टामा थप २ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५ सय ३६ जनामा गरिएको परीक्षणमा २ सय ६६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो । यो संख्या अघिल्लो दिनको भन्दा ९० जना बढी हो । आइतबार ३ हजार ४ सय ५६ जनामा परीक्षण गर्दा १सय ७६ जना संक्रमित भेटिएका थिए ।
पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमध्ये अधिकांश काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ९८, ललितपुरमा २६, भक्तपुरमा १३, चितवनमा ३७ र कास्कीमा १९ जना संक्रमित भेटिएका छन् ।आइतबार काठमाडौंमा ८७, ललितपुरमा ८ र भक्तपुरमा ४ गरी उपत्यकामा ९९ जना संक्रमित भेटिएका थिए । काठमाडौं जिल्लापछि सबैभन्दा धेरै कास्कीमा २४ जना संक्रमित भेटिएका थिए ।
नेपालमा हालसम्म संक्रमितको संख्या २ लाख ७८ हजार २ सय १० रहेको छ । जसमध्ये २ लाख ७३ हजार ३सय ४२ जना निको भएका छन् । कोरोना संक्रमणका कारण हालसम्म ३ हजार ३६ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ ।







