२१ चैत्र,काठमाण्डौ ।
बाँकेको नरैनापुर वडानंंम्बर ४ स्थित खाेदवा गाउँमा भिषण आगलागी भएको छ । शनिबार दिउसाे २ बजे तिर भएको आगलागीमा करिब एक सय घर जलेर नस्ट भएको बाँकेका प्रमुख जिल्ला अधकारी रामबहादुर कुरुम्बाङले जानकारी दिएका छन् ।स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपालगन्जबाट गएकाे दमकलले नियन्त्रणकाे प्रयास जारि राखेकाे छ ।
मानवीय क्षति नभए पनि ठूलाे भौतिक क्षति भएकाे अनुमान गरियकाे छ । यस बिषयमा थप जानकारी आउन बाँकी छ ।







