विप्लवले गरे नेकपा (माओवादी केन्द्र) सँग तीन बुँदे सहमति

काठमाडौँ: भर्खरैमात्र शान्तिपुर्ण राजनीतिमा आएको नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कर्णजीत बुढाथोकी ‘सुशील’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग तीन बुँदे सहमति गरेको छ ।

उक्त पार्टीहरुको शनिबार बसेको संयुक्त बैठकले तीन बुँदे सहमति गरेको हो । सहमतिपत्रमा नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट महासचिव विप्लवले र नेकपा (माओवादी केन्द्र) का तर्फबाट अध्यक्ष कर्णजीत बुढाथोकी (सुशिल)ले हस्ताक्षर गरेका छन् ।

सहमतिमा वैज्ञानिक समाजवादी व्यवस्था निर्माण गर्न संयुक्त रुपमा सहकार्य गर्ने, क्रान्तिकारीहरूबीच पार्टी एकताको लक्ष्य राखी संघर्षमा सहकार्य गर्ने र यो प्रक्रियामा अन्य क्रान्तिकारी पार्टीहरूलाई पनि सहभागी गराउने भनिएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।