१२ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन तयार भएका छन् । अन्य दलहरुबीच छलफल गरेर ओलीले राजीनामा दिने तयारी गरेको बुझिएको छ ।
बुधबार बालुवाटारमा बसेको ओली निकट स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा पनि ओली निकट नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले पनि सो कुरालाई संकेत गरेका छन् ।
आज चार निर्णय गरी सकियेको ओली समूहको स्थायी कमिटी बैठक,१३ दिनभित्र संसद बोलाउने नेपाल कम्युनिष्ट पार्टीको ओली समूहको स्थायी समितिमा बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले चार वटा निर्ण गरेको उक्त समूहका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।
उनका अनुसार आजको बैठकले प्रतिनिधि सभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने निर्णय गरेको छ। ओली पक्षको स्थायी समिति बैठक बिहीबार पनि बस्नेछ ।
संसद विघटन बदर भएपछि प्रधानमन्त्री ओलीले राजीनामा दिनुहुन्छ कि हुन्न भन्ने प्रश्नमा मन्त्री ज्ञवालीले राजीनामा दिनेमात्र भन्दा पनि राजीनामा दिइसकेपछि अवस्था मूल्यांकन गरेर आवश्यक निर्णय गरिने बताए।







