संसद् विघटनको विरोधमा बृहत् नागरिक आन्दोलनको घोषणापत्र जारी

७ फाल्गुन,काठमाण्डौ ।
संसद् विघटनको विरोधमा बृहत् नागरिक आन्दोलनले आफ्नो घोषणापत्र २०७७ जारी गरेको छ । बृहत् नागरिक आन्दोलनले काठमाडौंको टुँडिखेलमा मार्च गरेको छ । शंखधर पार्कबाट शहीद गेट हुँदै जुलुस टुँडिखेलतिर अघि बढेको छ । उनीहरुले नागरिक आन्दोलन जिन्दावाद, प्रतिगमन मुर्दावाद, गणतन्त्र जिन्दावाद जस्ता नारा लगाएका थिए । वृहत नागरिक आन्दोलनले जारी गरेको घोषणापत्रमा अबका कार्यक्रमलाई १० बुँदे उद्देश्यमा केन्द्रित रहने अभियन्ताहरुले जानकारी दिए । कार्यक्रममा साहित्यकार, लेखक, पत्रकार, नागरिक अभिन्यताहरू सहभागी छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।