आज १०५ संक्रमित थपिँदा ९९ जना डिस्चार्ज, मृत्यु संख्या शुन्य

४ फागुन। नेपालमा आज मात्र १ सय ५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९९ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

अहिलेसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७२ हजार ९ सय ४५ पुग्दा, तीमध्ये संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या २ लाख ६९ हजार ३०३ पुगेको छ ।

कोरोना संक्रमणबाट आज कसैको मृत्यु भएको छैन । अहिलेसम्म मृत्यु हुनेको संख्या २०५५ नै रहेको छ ।

देशभर आज सक्रिय संक्रमित १ हजार ५ सय ८७ छ भने क्वारेन्टिनमा जम्मा ७४ जना मात्र छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।