जनयुद्ध’ को त्यो पहिलो फौजी कारबाही…

राजतन्त्र समाप्त पारेर जनगणतन्त्र स्थापना गर्ने उद्देश्यका साथ जनयुद्धमा जाने अन्तिम तयारीमा माओवादी थियो। आन्तरिक र बाहिरी तयारी सुविचारित र सुव्यवस्थित ढंगले सम्पन्न गरेर २०५२ फागुन १ गते एकैसाथ सिन्धुली, गोरखा, रोल्पा र रुकुमबाट फौजी कारबाहीसहित क्रान्तिकारी जनयुद्ध प्रारम्भको घोषणा गर्ने माओवादीले तयारी गर्‍यो। रुकुम आक्रमणको नेतृत्व गर्ने मौका माओवादीका तत्कालीन जिल्ला सहायक इन्चार्ज गणेशमान पुनले मौका पाए।

Female members of the Maoist People’s liberation Army carry arms during their daily exercises while local children look on at Ghumi, Shurkhet district, some 500 kilometers (210 miles) west of Kathmandu, Sunday July, 16 2006. The Jeet Memorial Brigade of the Army was displaying their show of strength to the media. The Maoist People’s Liberation Army, kept in temporary camps after a ceasefire, has been significantly working in the development sector. Nepal’s Seven Parties alliance government and Maoist Supreme Prachanda leading dialogue team met for the second time to end the ten-year-old insurgency. More than 12,000 people including Maoists, security personnel and civilian were killed during the insurgency.

त्यतिबेला क्षेत्रीय ब्युरो (हालका गृहमन्त्री रामबहादुर थापा उक्त ब्युरो इन्चार्ज थिए) ले गणेशमान पुनलाई रुकुमको आठबीसकोटमा रहेको प्रहरी चौकीमा फौजी कारबाही गर्ने टोलीको नेतृत्व गर्ने जिम्मेवारी सुम्पेको थियो। क्रान्ति र संघर्षको मैदानमा होमिएका पुनका लागि यो जिम्मेवारी चुनौती मात्रै थिएन, सिंगो पार्टीको अभियानसँग पनि त्यो जोडिएको थियो। ‘उक्त जिम्मेवारी पाउँदा मैले गर्वको महसुस गरें,’उनले भने।

उनका अनुसार पार्टीले फागुन १ गते राति दुलीको खोलाखेतमा जम्मा हुन निर्देशन गरेको थियो। अस्ताउँदो सूर्यसँगै योद्धा (लडाकु) खोलाखेतसम्मको यात्रामा हिँडे। गणेशमान पनि पीपल, छिन्खेत हुँदै खोलाखेत पुगे। ‘त्यहाँ पुग्दा केही साथीको जमघट भइसकेको थियो। अरू साथीहरू पनि आउनुभयो,’ पुनले भने, ‘करिब ३०/३५ जनाको संख्यामा थियौं। हामीसँग हतियारका नाममा भरुवा बन्दुक मात्र थियो। अरू घरेलु हतियार मात्रै थिए। पार्टी इन्चार्ज सुदर्शन (हेमन्तप्रकाश ओली) ले राजनीतिक प्रशिक्षण दिनुभयो। त्यतिबेला सबैलाई जिम्मेवारीपूर्वक लडाइँ लड्ने भन्ने निर्देशन भयो।’

उच्च मनोबल र विद्रोही भावना लिएर जनयुद्धको प्रथम लडाइँमा पाइला चालेको उनले बताए। ‘ठूलो चुनौती थियो। दुस्मन (प्रहरी) सँग हतियार थियो। तर राजनीतिक प्रशिक्षणबाट ती हतियारभन्दा घरेलु हतियार नै शक्तिशाली र प्रभावकारी भन्ने कुरा हाम्रो मस्तिष्कमा घुसेको थियो,’ उनले भने।,नागरिक दैनिक

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।