२७ माघ,काठमाण्डौ ।
वैतडीमा भागरथी भट्टको बलात्कार पछि घाँटी थिचेर हत्या भएको र बलात्कारी र हत्याराहरु पत्ता नलागिसकेका बेला बर्दियाकी एक बालिकालाई भारतमा ११ जनाले सामुहिक बलात्कार गरेर हत्या गरेको पुष्टी भएको छ ।भारतको बिहार स्थित पश्चिम चम्पारण जिल्लाको पश्चिम चम्पारण जिल्लाको कुण्डवा चैनपुर गाउँमा ती बालिकाको बलात्कार गरी हत्या गरेर त्यसपछि अपराधीरुले उनको शब
जलाएका पाईएको छ । प्रमाण लुकाउन शब जलाएकाले घटना ढिलो गरी सार्वजनिक भएको हो ।बर्दियाको बारबर्दिया नगरपालिका–३ की १२ वर्षीया सुमित्रा विकको ११ जनाले सामूहिक बलात्कारपछि हत्या गरेर जलाएको जानकारी नेपाल प्रहरीले प्राप्त गरेको छ । घटना माघ ८ गते भएको सुमित्राको पारीवारीक स्रोतले जनाएको छ । उनी चैनपुर बजारमा परिवारसँग बस्दै आएकी थिइन् । त्यहाँ उनका बाबु चौकीदारी गर्दै आएका थिए ।
घटनाका बेला किशोरीकी आमा सुकुम्बासी आयोगको लगतमा नाम दर्ताका लागि नेपालमा थिइन् । उनका बुवा पनि ड्युटीमा गएको र सालो पनि घरमा नभएको मौका छोपी उनीहरु डेरामा बस्दै आएका घरबेटी भारतका सियाराम शाह लगायतले बलात्कार गरी शब जलाएर प्रमाण नष्ट गर्नुका साथै बुवालाई समेत बन्धक बनाएर प्रहरीमा उजुरी नगर्न धम्की दिएको बुझिएको छ ।
’
घटनामा शुरुमा किशोरी हराएको उजुरी गर्न नमानेको परिवारले त्याहाँ बस्ने नेपालीहरुको दबाबमा उजुरी दर्ता गरेको र २ जनालाई पक्राउ गरीसकेको बताईएको छ । अन्य फरार रहेका छन् । पीडित परिवारले अपराधीहरुलाई फाँसीको सजाय माग गरेका छन् । सांकेतिक तस्विर*








