२१ माघ,काठमाण्डौ ।
भारतले बाटो बिस्तार गर्ने क्रममा खसेको पहिरोले महाकाली नदी थुनिएको छ । पहिरो मंगलबार दिउसो खसेको जिल्ला प्रशासन कार्यलय कन्चनपुरले जनाएको छ । प्रशासनले मंगलबार साँझ एक सुचना जारी गरी तटीय क्षेत्र र पुल निर्माणको क्रममा खटिरहेका मजदुरलाई सुरक्षित हुन आग्रह गरेको छ । माल्पा भन्ने ठाँउमा यो पहिरो खसेको हो ।







