दिल्ली बसेर जुल्फीमा जेल लगाउने, कार्यकर्तालाई मर्न जंगल पसाउनेःओली

माघ १५ काठमाण्डौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धमा कार्यकर्तालाई जंगल पसाएर मर्न मार्न लगाएर आफू दिल्लीमा जुल्फीमा जेल लगाएर बसेको टिप्पणी गरेका छन् । आज आफ्नो समुह निकट ट्रेड युनियन महासंघको कार्यकर्ता भेलालाई संवोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड जनयुद्धमा कहिल्यै जंगल नपसेको दाबी गरे । प्रचण्डले ७० सालमा बत्ती निभाएर मतपेटिकाको बाकस साटेर चुनाव जीतेको भन्दै ७४ सालमा भने आफूहरुले जिताएको बताए । उनले कहिल्यै सूर्य चिन्हबाट चुनाव नलगेका प्रचण्डलाई के के सूर्य चिन्ह चाहिएको भन्दै प्रश्न गरे । विगतमा आफ्नो सरकार प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमले ढालेको पनि उनको दाबी छ ।

यसै गरी उनले प्रचण्ड माधवप्रति लक्षित गर्दै पिलो निचोरेर फ्याके पछि पार्टी एकतावद्ध र गतिशिल भएको बताए । आफूलाई समाजवादी भन्न रुचाउने र विदेशीको चाकडी गर्ने जनता र श्रमिकलाई झुट्टा आस्वासन बाँड्ने भन्दै प्रचण्ड माधवप्रति उनले कटाक्ष गरे । प्रचण्ड र माधव नेपाल नक्कली राष्ट्रवादी बन्न खोजेको पनि ओलीले बताए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।