नेपालमा थप ३०३ कोरोना संक्रमित, ६ जनाको मृत्यु

१३ माघ,काठमाण्डौ ।
नेपालमा आज ३०३ जना कोरोना संक्रमित भएका छन् । ४५ सय ७४ जनामा गरिएको पिसिआर परीक्षणमा ती संक्रमित फेला परेका हुन् । यो सँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ९२ जना पुगेको छ । यसै गरी २४ घण्टामा २८५ जना संक्रमित डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ६४ हजार ८२३ पुगेको छ । कुल निको हुनेको प्रतिशत ९८.१ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या २०१७ पुगेको छ ।
अब सक्रिय संक्रमितको संख्या ३ हजार २५२ जना रहेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।