एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा संतोष कुँवर विजयी

श्रावण १२,सिड्नी ।
शनिबार सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको निर्बाचनमा आगामी दुई वर्षका संतोष कुँवर विजयी वनेका छन् । उनले ६ हजार ८ सय ३९ मतले विजयी बनेका हुन् । उनका प्रत्यासी सञ्जिव गोर्खालीले २ हजार १ सय २६ मत प्राप्त गरे भने अर्का प्रत्यासी भैरव ढकालले ३ हजार ७ सय २७ मत प्राप्त गरे ।यसैगरी, उपाध्यक्ष पदमा बबिन मिश्र निर्वाचित भएका छन् । मिश्रले ७ हजार २ सय ६१ मत प्राप्त गरेको छन् भने उनका प्रतिद्वन्द्वी रमेश पौडेलले ४ हजार ६ सय १९ मत ल्याएर पराजित भएका छन् ।

त्यस्तै, महासचिवमा चुडामणि सापकोटा निर्वाचित भएका छन् । सापकोटाले ७ हजार ३० मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी भरतमणी देवकोटाले ३ हजार २ सय ५६ र अर्जुन गौतमले १ हजार ८ सय १४ मत ल्याएका छन् । गौतम यसअघि कोषाध्यक्ष थिए ।

सचिवमा गणेशराज गौतमलाई पराजित गर्दै कल्याण खड्का विजयी भएका छन् । खड्काले ७ हजार १ सय ८० मत प्राप्त गरी सचिव पदमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी गौतमले ४ हजार ५ सय २८ मत ल्याए ।

त्यस्तै, लुना सिवाकोटीलाई पराजित गर्दै कोषाध्यक्षमा निजन चौलागाईं निर्वाचित भएका छन् । चौलागाईंले ७ हजार ८७ मत प्राप्त गर्दा सिवाकोटीले ४ हजार ४ सय ५६ मत ल्याएकी छन् ।

नारी निकुञ्ज संयोजकमा रिन्जु अधिकारी निर्बाचित बनेकी छिन् भने युवा संयोजकमा पुकार घिमिरे निर्विरोध भएका छन् भने नारी निकुञ्ज अष्ट्रेलियाको उपसंयोजक पदमा प्रतिभा शाह निर्विरोध भएकी छिन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।