प्रचण्डको चक्रब्यूँहमा ओली फसे

फाल्गुण १४ आइतबार |
आठ दलको समर्थनसहित नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौंडेलले राष्ट्रपति पदका लागि मनोनयनपत्र दर्ता गराउनु भएको छ ।शुक्रवारमा बालुवाटारमा नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा नेपाल, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चासहितको वैठकले काँग्रेसका उम्मेद्वारलाई समर्थन गर्ने निर्णय गरेको थियो ।एमालेतर्फबाट पूर्व संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले उम्मेद् वारी दर्ताका गराएका हुन् । अव, सत्ता समीकरणमा फेरबदल हुने निश्चित भएको छ । समयको खेल हेर्नुस ! ठीक दुई महिनाअघि शेरबहादुर देउवाको जुन अवस्था थियो ।

त्यस्तै, अवस्था अहिले केपी ओलीको भएको छ । उतिखेर, काँग्रेस निरीह बनेका थिए । ओलीको दरवारमा दलका नेताहरुको भिडभाडका साथै खुशीयालीको रौंनक छाएको थियो । सवैले ओलीको रणनीतिको प्रशंसक बनेका थिए ।

हेर्दाहेर्दै, काँग्रेसको एक चाल (प्रचण्डको विश्वासमत)ले ओली रणनीति धुजा– धुजा भएको छ । शतरञ्जको खेलमा अढाइ घरको चल्ने घोडाको एक चालले जितिरहेको प्रतिपक्षीलाई हराउने क्षमता राख्दछ । अहिले, देउवाको उस्तै, घोडाको जस्तै चाल(कदम)बाट ओली शिकार भएका हुन् ।

केपी ओलीले प्रचण्डलाई लोकेन्द्रबहादुर चन्दजस्तै ठानेको थियो कि ? २०५३ सालमा एमालेले राप्रपाका नेता लोकेन्द्रबहादर चन्दलाई प्रधानमन्त्री बनाएको थियो । उपप्रधानमन्त्री एवम् गृहमन्त्री बामदेव गौंतम थियो ।

नामको प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द थियो भने सत्तामा बर्चस्व एमालेको थियो । चन्दजस्तै ओलीले प्रचण्डलाई नामको प्रधानमन्त्रीमा सीमित राखी बर्चस्व आफ्नो हातमैं राख्न खोजेको थियो ।

त्यसको प्रमाणको रुपमा सत्ता साझेदार दलको न्यूनतम कार्यक्रम सार्वजनिक गरेको दिन मुख्य कुर्सीमा ओली विराजमान भएकाले नै पुष्टि गर्छ । यस्तो लाग्दथ्यो कि ओली नै सर्वेसर्वा हुन् । प्रचण्डमाथि दवाव बनाएर रवि लामिछाने गृहमन्त्री बनाएको थियो ।

साँसद पद गुमेका रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउनका लागि दवावले गर्दा प्रचण्ड ओलीको साथ छोड्न उपयुक्त समयको खोजीमा थियो । त्यो समय राष्ट्रपतिको निर्वाचनले साइत जुराएको देखिन्छ ।

ओलीजी एउटा कुरा के विर्सयो भने, दस बर्षसम्म जनयुद्ध हाँकेका नेता हुन, प्रचण्ड । त्यतिकै मात्र होइन कि पटक पटक प्रधानमन्त्री बनाउने र हटाउने खेलमा महत्वपूर्ण भूमिका निर्वाह गरेका व्यक्ति हुन् ।

यस्ता, व्यक्तिमाथि सवारी गर्न खोज्दा लड्नुपर्ने अवस्था निम्तने छ । देउवालाई प्रधानमन्त्री बन्न नदिनमा पुस १० गते ओलीले बाजी मार्नमा सफल रह्यो । तर, ओलीमा सधैं आपूmनै सवैसर्वा, आपूmले बोलेको र गरेका कार्य सवै ठीक छ भन्ने दम्भ छ ।

प्रतिनिधिसभाको पहिलो बैठकमैं संसद् विघटनको औंचित्यलाई पुष्टि गर्नका लागि दिएका अभिव्यक्तिपछि दलका प्रचण्डपनि झस्किएका थिए । मेरो नजरमा केपी ओली एकोहोरो किसिमको राजनीति गर्ने व्यक्ति हुन् ।

राष्ट्रपतिको सन्दर्भमा राजनीतिले कोल्टो फेर्न लागेको आभाष भएपनि ओलीले आफ्नो हठमैं अडिग रह् यो । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने कुरा पटक पटक दोहराएको थियो ।

यस सन्दर्भमा ओलीले एमालेको उम्मेद्वारको नाममा राष्ट्रिय सहमति हुनुपर्ने अडान लियो । सत्ता समीकरणमा परिवर्तन गर्ने उद्देश्य राखेर नै प्रचण्डले राष्ट्रपति उम्मेद्वारका लागि राष्ट्रिय सहमतिको कुरा उठाएको हुनुपर्छ ।

एक महिनामैं प्रचण्ड आजित भइसकेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिए र राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्री एवम् साँसदहरुले सवैधानिक राजतन्त्र, हिन्दु राष्ट्रका साथै सङ्घीयताको विरोधमा खुलेर बोल्न थालेको थिए ।

प्रधानमन्त्री प्रचण्डले काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौंडेललाई समर्थन गर्ने निर्णयको भोलिपल्ट अर्थात शनिवार नै राप्रपाका मन्त्रीहरुले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाउनुका साथै सरकारलाई दिएका समर्थन पनि फिर्ता लिएका छन् ।

तर, केपी ओलीले अहिलेसम्म राजीनामा दिने विषय केही बोलेको छैन् । उल्टै, पुस १० गतेको सहमतिको आधारमा माओवादी केन्द्रले सुभाषचन्द्र नेम्वाङलाई सहयोग गर्ने दावी गरेका छन् । राष्ट्रपति निर्वाचनसम्मको अवधिमा सम्बन्ध सुधार गरी सकभर सरकारबाट बाहिरिनु नपर्ने प्रयास गर्नेछन् । जनकपुर टुडेका साथमा ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।