कोरोनाको नयाँ भेरियन्ट देखिएपछि न्युयोर्कमा जनवरी १५ सम्म संकटकाल घोषणा

१२ मंसिर,एजेन्सी ।
अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएपछि न्युयोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकाल लागु गरिएको घोषणा गरेको अधिकारीहरूले जनाएका छन् ।कोरोनाभाइरसको नयाँ भेरियन्ट अझ खतरनाक रहेकोलगायत कारणले संकटकाल लगाउनुपरेको उनले स्पष्ट पारेका छन् ।कोरोनाभाइरस पछिल्लो समयमा एकबाट अर्कोमा सर्ने क्रम पनि तीव्र देखिएकाले थप चिन्तित बनाएकाले सतर्कता अपनाउनुपरेको उनको भनाइ छ । अहिले घोषणा गरिएको संकटकाल आगामी सन् २०२२ को जनवरी १५ सम्म लागु हुने र आवश्यकताअनुसार लम्बिन पनि सक्ने उनले स्पष्ट पारेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।