एनआरएनए अष्ट्रेलियाको नेतृत्वमा नन्द गुरुङको प्यानल नै विजयी

१७ साउन, सिड्नी ।
गैर-आवासीय नेपाली संघ अष्ट्रेलियाको शनिबार सम्पन्न निर्बाचनमा अध्यक्ष पदमा बर्तमान प्रबक्ता नन्द गुरुङ विजयी भएका छन् । निर्बाचित गुरुङले ८५८३ मत प्राप्त गरे भने अध्यक्षका अर्का प्रत्यासी उमेद्वार डा.ज्ञानेन्द्र रेग्मीले ४८७९ मत प्राप्त गरी पराजित भएका छन् । अध्यक्ष पदमा ७४४ जनाले नो भोटमा सहभागीता जनाएको निर्बाचन आयुक्त सुरेन्द्र सिग्देलले जानकारी दिए । सम्पन्न निर्बाचनमा नेपाली कांग्रेस समर्थक प्यानल अध्यक्षमा निर्बाचित गुरुङको प्यानल नै बिजय बनेको हो । सन् २०२१-२०२३ कार्यकालका लागि महासचिब पदमा नेपाली कांग्रेस समर्थक प्यानल ‘साझा एनआरएनए,सबल एनआरएनए’का उमेद्दवार राजुबाबु अधिकारीले ७८१५ मतले बिजयी भएका छन् । उनका प्रतिदन्दी अच्युत शर्मा थपलियाले ४५७३ मतले पराजित बने । यस्तै राष्ट्रिय सचिब पदमा सन्ध्या शाह ८१२२ मत सहित बिजयी बनिन् । उनका प्रतिदन्दी तिर्थराज कार्की ४४३३ मतले पराजित बने ।

यस्तै कोषाध्यक्ष पदमा ‘साझा एनआरएनए’कै प्यानलको उमेद्दवार अनिल पोख्रेल निर्बिरोध निर्बाचित बनेका छन् । सह-कोषाध्यक्ष पदमा पनि ‘साझा’प्यानलकै राजकुमार नगरकोटी ७६८३ मत ल्याउदै बिजयी बनेका छन्। उनका प्रतिदन्दी कर्णकुमार यादब ४३५२ मत हासिल गर्दै पराजित बने । यसैगरी राष्ट्रिय युथ संयोजकमा बबिन मिश्रले ७८६६ मत प्राप्त गर्दै बिजयी बने भने उनका प्रतिदन्दी महेशप्रसाईले ४४७५ मत प्राप्त गरी पराजित बनेका छन् । यस्तै युथ डेपुटी कोर्डिनेटरमा चन्द्र प्रसाद तिवारी निर्बिरोध निर्बाचित भएका छन् ।

यसैगरी राष्ट्रिय युथ सचिबमा ‘साझा’प्यानलकै क्षितिज बुढाथोकी ७२९२ मत ल्याएर बिजयी बनेका छन् भने उनका प्रतिदन्दी सुजन न्यौपानेले ४७४७ मत ल्याउदै पराजित बनेका छन् । यसैगरी ‘साझा’ प्यानलकै नारी निकुन्जको संयोजक मन्जु खड्काले ७८६४ मत ल्याउदै बिजयी बनेकी छिन् । उनका प्रतिदन्दी मोनी लिम्बुले ४८७७ मत प्राप्त गरी पराजित बनेकी छिन् ।

यस्तै नारी निकुन्ज उप संयोजक पदमा समिक्षा अधिकारी निर्बिरोध निर्बाचित बनेकी छिन्। नारी निकुन्जकै सचिब पदमा भने श्रबदा घिमिरी निर्बिरोध निर्बाचित बनेकी छिन् । आमागी कार्यकालका लागि राष्ट्रिय समितिको सदस्यहरुमा बिनोद उप्रेती,सुमन देबकोटा, अनुप थापा,अशोक उप्रेती,बिबेक क्षेत्री,महेश भट्टराई,रमेश अधिकारी,रामजी बस्नेत निर्बाचित भएका छन् । यस्तै राष्ट्रिय सदस्य पदमा दिनेश परियार,महेश्वर देबकोटा,अमृत खत्री,सुनिता श्रेष्ठ,आशिष बराल,दिनेश देव योगी,सुजन अधिकारी निर्बाचित बनेका छन् ।

यसैगरी सदस्य पदमै महेन्द्र शलि घिमिरे,विश्व गौडेल,महादेब धनुक र मनोज खरेल निर्बिरोध निर्बाचित बनेका छन् । यसैगरी सदस्य पदमा बिनय शर्मा र रमेश कुमार श्रेष्ठ निर्बाचित बनेका छन् । निर्बाचनमा मतदानका लागि १५२९८ सदस्य योग्य थिए । जसमा १४ हजार २ सय १३ (९२.९ %) जनाले मतदान गरे भने १ हजार ८५ सदस्यले मतदान नगरेको अनलाईन भोटिङ कम्पनी भेरो भोटिङले बताएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।