एनआरएनए अष्ट्रेलियाको निर्बाचन जारी

१६ साउन, सिड्नी ।
गैर-आवासीय नेपाली संघ (अष्ट्रेलिया) को सन् २०१३-२०२५ कार्यकालला लागि आज देशभर एकै साथ अनलाईन प्रणाली बाट मतदान भैईरहेको छ । यसपटकको मतदानमा कुल १५ हजार २ सय ९८ सदस्यले मतदान दिने भएका छन् ।भेरो भिटिङ मार्फत् मतदान प्रकृया अगाडी बढिरहेको छ । सामाजिक संजालमा सार्बजनिक स्ट्याट्सका आधारमा देशभर मतदाताहरु उल्लासमय तरिकालेसहभागी भएर मतदान गरिरहेका छन् ।कोरोना भाईरसको संक्रमण बढेसंगै जारी लकडाउनका कारण पहिलो पटक अष्ट्रेलियाभर अनलाईन प्रणाली मार्फत् मतदान भएको हो । यसपटक अध्यक्षका प्रत्यासीमा संघका बर्तमान प्रबक्ता नन्द गुरुङ र बर्तमान महासचिब डा.ज्ञानेन्द्र रेग्मी प्रतिष्प्रर्धामा छन् ।

बिहान ७ बजे सुरु भएको मतदान साँझ ७ बजे सम्म चल्नेछ र राती १० बजे भित्रमा निर्बाचन आयोगले मत परिणाम सार्बजनिक गर्ने बताएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।