१० साउन, सिड्नी ।
गैर-आवासीय नेपाली संघ (अष्ट्रेलिया) को यहि शनिबार हुने निर्बाचनमा अध्यक्षका लागि संघका बर्तमान प्रबक्ता नन्द गुरुङ र बर्तमान महासचिब डा.ज्ञानेन्द्र रेग्मी बिच प्रतिष्प्रर्धा हुने भएको छ ।
निर्बाचनको पुर्ब सन्ध्यामा निर्बाचन आयोगले उमेद्दवारहरुको अन्तिम नामावली समेत प्रकाशन गरिसकेको छ । आगामी कार्यकालका लागि हुने निर्वाचनमा कुल १५ हजार २ सय ९८ सदस्यले
मतदान गर्न पाउने भएका छन् । चुनाबी मिति नजिकिदै गर्दा लकडाउनका बिच पनि सामाजिक संजाल मार्फत् गैर-आवासीय नेपाली संघ (अष्ट्रेलिया) को चुनाबी माहोलले बजार तातेको छ । सामाजिक संजाल क्लब हाउसमा दैनिक रुपमा एनआरएनएको नेतृत्वका बिषयमा बहस हुदै आएका छन् ।
यसअघि केहि राज्यमा अनलाईन मार्फत् मतदान भए पनि समग्र रुपमा अष्ट्रेलियाको नेतृत्वको लागि लकडाउनकै कारण पहिलो पटक अनलाईन प्रणाली मार्फत् मतदान हुने भएकाले यस पटकको निर्बाचनलाई बिशेष रुपमा हेरिएको छ । यस्तै अनलाईन मतदानको परिणाम कस्तो आउला भन्नेमा अग्रज र जानकारहरु समेत रोमान्चित र उत्साहित छन् ।
निर्बाचनमा तपाईलाई भोट किन ? भन्ने नेपाली टिभिको प्रश्नमा दुबै उमेद्दवारले आफ्नो मुख्य एजेण्डालाई प्रस्तुत गरेका छन् । अध्यक्षका प्रत्यासी उमेद्दवार नन्द गुरुङ नेपाली समुदाय (अष्ट्रेलिया)मा कोरोना पेन्डयामिकलाई रिकभर गर्न मुख्य रुपमा काम गर्ने दाबी गरे । यस्तै एनआरएनए अष्ट्रेलियालाई संस्थागत गर्ने,सामुदायिक सहभागीतालाई बृहतर गर्ने,नेपाल सरकार र गैर-आवासीय नेपाली संघ केन्द्रिय समिति संग जुझारु रुपमा सहकार्य गर्ने र संस्थालाई मजबुत बनाउनका अग्रसर रहने बताउदै लागि आफ्नो पक्षमा मतदान गर्नका लागि अपिल गरेका छन् । बर्तमान प्रबक्ता गुरुङ पुर्ब उपाध्यक्ष समेत हुन् । गुरुङ नेपाली समुदाय संग निकटतम रुपमा काम गर्दै आएका र आम बिध्यार्थीका समस्यामा अग्रसर र सकृय भुमिका निर्बाह गर्दै आएका छन् ।
यस्तै बर्तमान महासचिब रेग्मीले संस्थामा संस्थागत सुधार र पार्दर्शिताका लागि र संस्थामा भएको सिण्डिकेट तोड्न र सबैको अपनत्वका लागि आफ्नो उमेद्वारी रहेको बताउदै एक पकटकको नेपाली सधैको नेपाली नारालाईफ ब्यबहारमा उतार्नका लागि आफु लाग्ने बताउदै अष्ट्रेलिया र नेपाल बिचको कुटनितिज्ञ सम्बन्ध बिस्तार गर्न आफ्नो भुमिका रहने भएकाले आफ्नो पक्षमा मतदान गर्न अपिल गरे । डा.रेग्मीले गत निर्बाचनमा सर्बाधिक मत प्राप्त गरी महासिचब पदमा चुनाब जितेका थिए ।








