मङ्गल ग्रहमा पहिलो पटक गुड्यो पर्सिभिअरन्स् यान

एजेन्सी,२२फागुन । मङ्गल ग्रहमा अमेरिकी अन्तरिक्ष निकाय नासाको पर्सिभिअरन्स् यान पहिलो पटक गुडेको छ ।यानले आफ्नो पाङ्ग्रा निकालेर मङ्गल ग्रहको सतहमा पहिलो परीक्षण यात्रा गरेको हो । सो रोबोटले छोटो यात्रा गरेको सङ्केत दिएको जनाइएको छ ।

बीबीसीका अनुसार एक टन वजन भएको रोबोट मङ्गल ग्रहको सतहमा ओर्लिएको दुई साता पूरा भइसकेको छ।
वैज्ञानिकहरूले दुई सातामा उक्त यानका थुप्रै प्रणालीलाई सक्रिय बनाएका छन् । यानले मङ्गल ग्रहमा कुनै बेला भएको हुन सक्ने जीवनको प्रमाण खोज्ने जनाइएको छ ।

खोजका लागि यानले मङ्गल ग्रहको एक वर्ष (पृथ्वीको लगभग दुई वर्ष) मा १५ किलोमिटर यात्रा गर्ने अपेक्षा गरिएको बताइएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।